भारतमा गर्मीका कारण बिहीबार ७९ जनाको ज्यान गएको छ। बिहार, झारखन्डसमेत ७ राज्यमा एकै दिन 'लू' का कारण मृत्यु भएको हो। 

सबैभन्दा धेरै बिहारमा ४४ जनाको मृत्यु भएको छ भने झारखन्डमा १५ जनाको मृत्यु भएको छ। ओडिशाको राउरकेलामा ६ घण्टाको अन्तरालमा १० जनाको ज्यान गएको थियो।

राजस्थान र छत्तीसगढमा मर्नेको संख्या क्रमशः ५ र ३ थियो। उत्तर प्रदेश र दिल्लीमा १/१ जनाको मृत्यु भएको छ। मौसम विभागले शुक्रबारका लागि यी राज्यमा 'लू' सम्बन्धी अलर्ट जारी गरेको छैन। बिहीबार अधिकांश राज्यमा 'लू' सम्बन्धी अलर्ट जारी गरिएको थियो। पछिल्ला दिनहरूमा भारतमा गर्मीका कारण दिनहुँ कयौँको ज्यान गइरहेको छ।