कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामा पक्राउ परेका छन्। करिब दुई अर्ब बचत अपचलन गरेको उजुरीको आधारमा काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनको नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन्। 

सहकारीको बचत अपचलनसम्बन्धी जाहेरी काठमाडौं प्रहरी बृत्तमा परेको थियो। उनले विभिन्न सहकारीबाट करिब ८ अर्ब बचत अपचलन गरेको बाहिर आइरहेको छ। तर अहिले करिब दुई अर्बको अपचलनसम्बन्धी जाहेरी आएकाले उनलाई पक्राउ गरिएको छ। धेरै बचत अपचलन गर्ने ठूला सहकारी मध्ये कान्तिपुर सहकारी पनि एक हो।