कृषि क्षेत्रको बजेट घटेको छ। सरकारले पछिल्लो चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि एक अर्ब बजेट घटाएर ल्याएको हो।
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाफर्त कृषि क्षेत्रका लागि ५७ अर्ब २९ करोड विनियोजन गरिएको जानकारी दिए।
चालु आव २०८०र८१ को बजेट ५८ अर्ब ९८ करोड रहेको छ।