भोलि देशभरी सार्वजनिक बिदा रहेको छ। भोलि जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा हुने भएको हो।

१० वर्षे सशस्त्र द्वन्दमा वीरगति पाएकाहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ। जनआन्दोलन २०६२र६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन्।