नेपाली कांग्रेसले आइतबार दिउँसो काठमाडौंमा सडक प्रदर्शन गरेको छ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन, सहकारीको बचत फिर्ता लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शन गरेको हो।

प्रदर्शनी मार्गमा भेला हुनुअघि कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट र्‍याली निकालेका थिए। कांग्रेसले सहकारीको वचत रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिनको माग राखेको छ।

त्यस्तै गृहमन्त्री रवि लामिछानेले संसदमा बोल्दा कांग्रेस नेताहरुमाथि विभिन्न आरोप लगाएको भन्दै ती विषयमा छानबिन गर्न पनि कांग्रेसले माग गरेको छ।

प्रदर्शनमा कांग्रेस महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, रमेश लेखकलगायतका नेताहरु सहभागी भएका छन्।