सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१३ घर भएकी ४० वर्षीया मैया बुढाथोकी छन्। उनलाई शनिबार दिउँसो विमानस्थलस्थित प्रहरीले पक्राउ गरेको हो।

भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ७० ग्राम तौलको सुनको औठी उनीबाट बरामद भएको हो। बाह्‍य मुलुकबाट नेपाल आउने यात्रुको प्रयोग गरी भन्सार छलेर ल्याएको सुन फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले पक्राउ गरेको जानकारी दिइएको छ। 

उनलाई कारबाहीका लागि विमानस्थलस्थित भन्सार कार्याय पठाइएको छ।