ललितपुरबाट प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१० बस्ने १८ वर्षीय किशोर छन्।

उनलाई सानेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए। आरोपीको साथबाट प्रहरीले १ हजार दरका ५ थान नक्कली नोट बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।