हत्या आरोपमा प्रहरीले सल्यानबाट एक जनालाई पक्राउ गरेको छ। शारदा नगरपालिका–६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको हत्या आरोपमा भतिज डन राज विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

३१ वर्षीय डनराजले कुटपिट गरेर काकाको हत्या गरेका हुन्। जेठ ४ मा कुटपिटबाट गम्भीर घाइते भएका घनश्यामको कोहलपुर मेडिकल कलेजबाट उपचार पश्चात् घर फर्किदा बाटोमा नै मृत्यु भएको थियो। घटनाबारे जिल्ला प्रहरी कार्यालय सल्यानले अनुसन्धान गरिरहेको छ।