बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित बेलबारी बहुमुखी क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। बेलबारी ७, बाहुनीस्थित परिश्रमी सामाजिक उद्यमी महिला सहकारी संस्थाको आयोजनामा सम्पन्न वृक्षारोपण कार्यक्रमका क्रममा क्याम्पस परिसरमा एक सय ५० ओटा सुपारीका विरुवा रोपिएको आयोजक संस्थाकी अध्यक्ष उर्मिला राईले जानकारी दिइन् ।

IMG_6568उनका अनुसार उनले नेतृत्व गरेको संस्थाले क्याम्पसको आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले वृक्षारोपण गरिदिएको हो । क्याम्पसका नाममा अक्षयकोष सञ्चालन गर्न पनि आफ्नो संस्थाले सहयोग गर्ने उनले उल्लेख गरिन् ।क्याम्पसका क्याम्पस प्रमुख भूपेन्द्रप्रसाद कोइरालाले क्याम्पस परिषद् भेलाले क्याम्पसको आर्थिक अवस्था सुधार्नका लागि ६ हजार थान बिरुवा रोप्ने निर्णय गरेकाले स्थानीय सहकारी संस्थाको सहयोगमा वृक्षारोपण गरी कार्यक्रमको शुभारम्भ गरिएको जानकारी दिए ।

IMG_6572 (1)थप वृक्षारोपण कार्यक्रम आयोजना गरी बिरुवाको सङ्ख्या बढाउँदै जाने बताउँदै उनले ६ हजार सुपारीका बिरुवा रोप्न सके पाँच वर्षपछि क्याम्पसले वार्षिक ३० लाख रुपियाँ आम्दानी गर्नसक्ने जानकारी दिए ।

IMG_6569वृक्षारोपण कार्यक्रममा आयोजक संस्थाका निवर्तमान अध्यक्ष गङ्गादेवी श्रेष्ठ, वर्तमान उपाध्यक्ष गोमाकुमारी गौतम, सचिव कोपिला खुलाल आचार्य, व्यवस्थापक राजु सुवेदी, बजार व्यवस्थापक पोस्टराज बजगाइँ लगायतको उपस्थिति रहेको थियो ।

IMG_6582