बेलबारी : मोरङको बेलबारी नगरपालिका ३ स्थित बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा महिला हिंसा तथा दुष्प्रचारविरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय सुन्दर शान्ति टोल विकास संस्थामा आबद्ध रहेको आमा समूहको आयोजनामा सम्पन्न कार्यक्रममा घरेलु हिंसाका प्रकार, प्रवृत्ति तथा यसबाट बच्ने उपाय र कानूनी उपचारका व्यवस्थाबारे प्रशिक्षक शान्ति पाख्रिनले प्रशिक्षण दिएको आयोजक संस्थाकी अध्यक्ष हरिमाया खतिवडा निरौलाले जानकारी दिइन् । उनका अनुसार चेतना नहुँदा हिंसा सहेर बस्नुपर्ने बाध्यताबाट महिलालाई मुक्त गर्दै समान सहभागिताका लागि लड्न सक्षम बनाउने उद्देश्यले आमा समूह तथा महिला समूहका साथै बाल सञ्जाल र किशोरीसमेत सहभागी गराई कार्यक्रम सम्पन्न गरिएको हो ।

mahila 1कार्यक्रमकी सहभागी लिलामाया सुवेदी पोेख्रेलले अभिमुखीकरण कार्यक्रममा सहभागी भएपछि घरेलु हिंसाबाट पीडित भएमा स्थानीय निकायदेखि उपल्लो तहका न्यायिक निकायमा गई उपचार खोज्ने प्रकृयाको जानकारी पाएको प्रतिकृया दिइन्। हिंसा महिलामाथि मात्र हुने नभई पुरुषमा पनि हुनसक्ने हुँदा पीडितको पहिचान गरेर उपचारमा जानुपर्ने ज्ञान कार्यक्रमले दिएको उनको भनाइ थियो ।

आयोजक संस्थाकी अध्यक्ष हरिमाया खतिवडा निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न संस्थामा आबद्ध ७० जना महिला, बालिका तथा किशोरीको सहभागिता रहेको थियो ।