पूर्वप्रधानसेनापति धर्मपाल वरसिंह थापाको निधन भएको छ।
लामो समयदेखि फोक्सोसम्बन्धी रोगबाट पीडित उहाँको आज ८५ वर्षको उमेरमा उपचारका क्रममा वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको नेपाली सेनाले जनाएको छ।
उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। थापा २०५२ देखि २०५६ सालसम्म प्रधानसेनापति हुनुहुन्थ्यो। उहाँको कार्यकालमा नेपाली सेनाको सङ्गठन सुधारका कार्यक्रम प्रभावकारीरुपमा कार्यान्वयन भएको थियो। उहाँको तीन छोरा र एक छोरी हुनुहुन्छ।