प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पनि संसद् बैठक अवरोध गर्ने भएको छ। 

दलहरूबीच सहमति नजुटेपछि आज पनि संसद् अवरोध गर्ने तयारी रहेको कांग्रेस सांसद प्रतिमा गौतमले बताएकी छन्।

कांग्रेसले सहकारी ठगी प्रकरणलाई लिएर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति बने मात्रै संसद् अघि बढ्न सक्ने अडान लिएको छ।

सरकार गृहमन्त्री लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार नभएको भन्दै कांग्रेसले अवरोध जारी राख्ने बताएको हो।

अहिले केही बेरमा प्रतिनिधि सभाको बैठक बस्दै छ।

यसअघि पनि सहमतिको प्रयास असफल भएकै कारण बिहान ११ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक भएको थियो।