ताप्लेजुङबाट प्रतिबन्धित लागूऔषध खैरोहेरोईनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं.३ घर भएका ३१ वर्षीय सुवासचन्द्र दाहाल र सोही वडा बस्ने २५ वर्षीय योगेश भारती रहेका छन्।
खैरोहेरोईनजस्तो देखिने ४० मिलिग्राम ९४ ग्राम पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी कमलकुमार लुङगेलीले जानकारी दिए।
उनका अनुसार प्र १–०३–००१ प ३२६१ नम्बरको स्कुटरमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त परिमाणको लागूऔषध खैरोहेरोईन फेला परेको हो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।