अगामी बजेटमा दलित महिलालाई केन्द्रीत गरेर स्थानीय सरकारलाई बजेट छुटयाउन आवाज उठाईदिन दलित महिलाहरुले आग्रह् गरेका छन् ।   

शुक्रबार विराटनगरमा दलित महिला संघ मोरङले दलित हक अधिकारका विषयमा मोरङका सञ्चारकर्र्मीहरुसंग अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा समाजिक न्याय तथा बिकास प्रक्रियामा दलित महिलाको पहँुच अभिबृद्धीका लागि दलित महिलाहरुको भुमिका अति आवश्यक रहेको दलित अधिकार कर्र्मीहरुले बताएका छन । 

दलित महिला र सिमाङकृत महिलाहरुको सबालमा स्थानीय सरकारले लगानी सहितको सिप मुलक तालिम दिएर अगाडी बढाउने खालको योजना निमार्ण गर्न मोरङका सञ्चारकर्मीहरुलाई आवाज उठाईदिन दलित अधिकार कर्मीहरुले आग्रह समेत गरेका छन ।

स्थानीय तहमा दलित महिला अगुवाहरुलाई आफ्ना अधिकारका विषयमा जागरुक गराउने उदे्श्यले कार्यक्रमको आयोजना गरेको दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजीले बताए ।

उक्त कार्यक्रममा दलित महिला जिल्ला परियोजनाको संयोजक नरवहादुर आउजी मोरङकी अध्यक्ष शर्मिला परियार दलित महिला संघ कोशी प्रदेशकी अध्यक्ष पाण्डु परियारलगायतले तीनै तहको सरकारले बजेट छुट्याउँदा महिला मात्र भनेर छुटयाउँदा दलित महिलाको अधिकार खोसिएको र ओझेलमा परेको बताए ।

कार्यक्रमा नेपाल पत्रकार महासंघ मोरङ शाखाकी कार्यवाहक अध्यक्ष तारा अचार्यले दलितहरुको सवालमा सचारर्र्मीहरुले उल्लेखनीय भुमिका खेल्दै आईरहेको बताइन । सो अन्तरक्रिया कार्यक्रममा मोरङका  संचारकर्मीहरुको सहभागिता थिए।