लागू औषध सेवन अपराध भन्दा पनि रोग भएकाले यसलाई समुदाय मिलेर नै नियन्त्रण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तर्गत विराटनगरमा आयोजना गरिएको लागू औषध रोकथाम तथा नियन्त्रण सम्बन्धी अन्तक्रिर्या कार्यक्रममा सहभागिहरुले लागू औषध सेवनकर्ता र कारोबारी बढ्दै जाँदा सुरक्षा चुनौति समेत बढेको स्थानीय पालिकाहरुका सहभागिहरुले बताएका छन् ।
सहभागिहरुको भनाई ।
अहिले पनि सबैभन्दा बढी अपराध लागूऔषधको नै भएको र कारागारहरुमा पनि करिब २० प्रतिशत कैदीबन्दीहरु लागूऔषध सम्बन्धी नै भएकाले यसबारे समुदाय नै चिन्तित हुनुपर्ने लागू औषध नियन्त्रण व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । उनले लागुऔषध सेवन गर्न नजिकैके साथिबाट सिक्ने र साथिलेनै बानी गराउने तथ्य रहेको बताए ।
गोविन्द थपलिया, प्रहरी वरिष्ठ उपरीक्षक, लागूऔषध नियन्त्रण व्यूरो।
सो कार्यक्रममा सिमावर्ती जिल्लाहरुमा लागूऔषध सेवन सम्बन्धी समस्या विकराल रहेको विभिन्न पालिकाका प्रमुख र उपप्रमुखहरुले बताएका थिए। सहभागिहरुले स्थानीय तहमा सम्बन्धित पालिका प्रमुखको अध्यक्षतामा लागूऔषध नियन्त्रण समिति गठन गर्न पनि आग्रह गरेका थिए।
लागूऔषध नियन्त्रण व्यूरो र जिल्ला प्रहरी कार्यालय मोरङले आयोजना गरेको सो कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरु, उपप्रमुखहरु, नागरिक समाज, विद्यार्र्थी र प्रहरीहरुको सहभागिता रहेको थियो।