बेरोजगार युवाहरुलाई रोजगारको अवसर दिलाउने उद्येश्यले विराटनगर महानगरपालिकाले दुइदिने रोजगार मेलाको आयोजना गरेको छ ।
शुक्रबार रोजगार मेलाको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्र्कीले रोजगारविहिन भएर बसेका युवाहरुलाई रोजगारदाता सम्म र्पुयाउन मेला आयोजना गरिएको र यसबाट काम कै लागि विदेशिनुपर्ने बाध्यता केही कम हुने बताइन। उनले वैदेशिक रोजगारमा जानेहरुलाई रोक्नत सकिदैन तर पनि रोजगारदाता र बेरोजगारहरुलाई एउटै स्थलमा ल्याएर रोजगारीको अवसर प्रदान गर्न रोजगार मेलाको आयोजना गरिएको बताइन ।
शिल्पा निराला कार्र्की, उपमेयर, विराटनगर महानगरपालिका ।
दुई दिन सम्म आयोजना हुने सो रोजगार मेलामा बेरोजगार युवाहरुले आफ्नो योग्यता र प्रमाणपत्र सहित रोजगारदाताहरुलाई प्रत्यक्ष भेटघाट गर्न पाउने भएका अवसर प्राप्त हुनुका साथै प्रत्यक्ष सम्वाद समेत गर्न पाउने छन । सो मेलामा करिब ३ हजार युवाहरुको सहभागिता रहने र करिब १ सय ५० जनाले रोजगारको अवसर पाउने विश्वास गरिएको छ।
सो रोजगार मेलामा अस्पताल, होटल, उद्योग, बैंक तथा वित्तिय संस्था र शैक्षिक परामर्श केन्द्रका ४० वटा स्टलहरु राखिएको छ। युवा बेरोजगारहरुलाई उद्योग व्यवसाय, पर्यटन, होटल, बैंक, विद्यालय, बिमा लगायत निजी व्यवसायिक क्षेत्रमा रोजगार उपलब्ध गराउन सूचनाको पहुँच स्थापना, सहजीकरण र समन्वय गराउने उद्देश्यले रोजगार मेला लगाइएको महानगरपालिकाले जनाएको छ। वेरोजगार युवा भनाई।