विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टल सञ्चालक मधु रेग्मी प्रहरी नियन्त्रणमा परेकी छिन्।

आफ्नो होस्टेलमा बस्दै आएकी नर्सिङ अध्ययनरत छात्रालाई दुव्यवहार गरेको भिडियो सार्वजानिक भएपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा राखेको हो।

उनलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने चौतर्र्फी दवाव छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जाहेरी आउने क्रममा रहेपनि त्यस अगाडी नै सञ्चालक रेग्मी प्रहरी निगरानी भित्र रहेको जानकारी दिइएका छन्।

उनले जाहेरी आएपछि मुद्दाको प्रकृति हेरेर अनुसन्धान सुरु हुने जानकारी दिएका हुन्।