मोरङको सुन्दरहरैंचामा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन्।

सुन्दरहरैंचा नगरपालिका-१० स्थित त्रिवेणे चौक पुर्वपट्टी रहेको वरपिपल चौक बस्ने ५५ वर्षिय गंगाबहादुर दनुवारको मृत्यु भएको हो।

शुक्रबार राती करिब ८ बजे आफ्नै घरमा घरायसी विवाद हुदा ४० वर्षिय श्रीमती बिना दनुवारले श्रीमान गंगाबहादुर दनुवारलाई धकेल्ने क्रममा मृत्यु भएको थियो।

प्रहरीले श्रीमती विना दनुवारलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मृतक दनुवारको शरिरमा चोट पटक देखिएको छैन। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।