रोजगारीको सिलसिलामा हङकङ बस्दै आएका उर्लाबारीका युवाले गाउँमा एम्बुलेन्स उपलब्ध गराएका छन्।
उर्लाबारी नगरपालिकालाई हङकङमा बसोबास गर्दै आएका परिवारले रु. २५ लाख ५० हजार सङ्कलन गरी पठाएको रकमबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको वडा नं ९ का अध्यक्ष नरबहादुर मोक्तानले बताए।
वडाध्यक्ष मोक्तानका अनुसार एम्बुलेन्स सेवा विपन्न परिवारलाई निःशुल्क प्रदान गरिनेछ । नगरपालिकाले विपन्न परिवारसम्बन्धी कार्यविधि बनाइरहेको तथा त्यो तयार भएपछि विपन्न परिवार परिचयपत्र वितरण गरी त्यसका आधारमा सेवाग्राहीलाई निःशुल्क सेवा गरिनेछ।
एम्बुलेन्स खरिदका लागि हाल हङकङमा बस्दै आएका उर्लाबारी–९ का याम सेम्बुले एक्लैले रु. पाँच लाख ३० हजार एकसय ७६ र अन्य दाताले थप रकम उपलब्ध गराएका हुन्।