जनतासँग समधुर सम्बन्ध स्थापित गर्दै आएको सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरले जाडोको समयमा विपन्न परिवारलाई जाडोमा कम्बल वितरण गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरको आयोजना तथा नेपाल प्रहरी श्रीमती कोशी प्रदेश संघको सहकार्यलाई शमित शारडा स्मृति प्रतिष्ठानले सहयोग गरेको थियो ।
विपन्न दुई सय २५ जना परिवारहरुलाई लक्षित गरी सो कार्यक्रमको आयोजना गरिएको सामुदायिक प्रहरी सेवा केन्द्र रानी विराटनगरका अध्यक्ष किशोर सुब्बाले जानकारी दिनुभयो।
विराटनगर १६ स्थित दुर्गा मन्दिर परिसरमा रहेको सभाहलमा आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआईजी राजेशनाथ बास्तोला, सामाजसेवी श्री निवास शारडा, नेपाल प्रहरी श्रीमती कोशी प्रदेश संघकी अध्यक्ष अजिता देवकोटा बास्तोला,इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्दिप बेलबासे लगायत अन्य अथितीहरुले विपन्न, अशक्त, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई कम्बल हस्तान्त्रण गरेका थिए ।
हरेक जाडोमा कम्बल वितरण गर्दै आएको सामुदायिक सेवा केन्द्र रानी विराटनगरले यसपटकको जाडोमा पनि न्यानो लुगा अन्तर्गत विराटनगर महानगरपालिका वडा नं. १२, १३, १४, १५, १६, १७, १८ का विपन्न, अशक्त, एकल महिला तथा ज्येष्ठ नागरिकहरुलाई २ सय २५ थान कम्बल वितरण गरिएको सामुदायिक केन्द्रका सचिव अर्जुन क्षेत्रीले जानकारी दिनुभयो ।