त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ। १० दिनपछि जीवितै उद्धार गरिएकामध्ये एक जनालाई थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पताल पुर्याइएको छ।
उद्धार गरिनेहरूमा ३० वर्षीय सञ्जय साह र ४५ वर्षीय कबीर महर्जन रहेका छन्। साह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।
बाढी आएको १० औँ दिनमा नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उनीहरूको उद्धार गरेको हो। सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोलीभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।












