नेपालको प्रतिष्ठित व्यावसायिक घराना शंकर ग्रुपले गत बुधवार भोटेकोसीमा बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुनर्स्थापनाका लागि सरकारलाई ४ करोड रुपैयाँ सहयोग गरेको छ। 
ग्रुपकी निर्देशक दीपा अग्रवालले उक्त सहयोग रकमको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेकी हुन्। प्राकृतिक विपद्को यो कठिन घडीमा पीडित परिवारलाई तत्काल मद्दत पुगोसभन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम प्रदान गरिएको हो।
नगद सहयोगका साथै शंकर ग्रुपले विपद्को सुरु आती चरणमै गृह मन्त्रालयको समन्वयमा राहत कार्यलाई लोभलाग्दो ढङ्गले अगाडि बढाएको थियो। विपद्को तेस्रो दिनमै रुपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन (त्रिपाल) टेन्ट उपलब्ध गराई सुरक्षित आवासको व्यवस्था मिलाइएको छ। न्चयगउ ले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ। 
साथै, विषम परिस्थितिमा रातदिन नभनी उद्धार र राहत कार्यमा खटिएका सुरक्षा निकाय, राष्ट्रसेवक तथा स्थानीय सङ्घ-संस्थाहरूको योगदानप्रति उच्च सम्मान र आभार व्यक्त गरेको छ।
शंकर ग्रुप नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने देशकै अग्रणी औद्योगिक तथा व्यावसायिक घराना हो। यस संस्थाले हजारौँ नागरिकलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिँदै आएको छ भने वार्षिक रूपमा सरकारलाई ठुलो परिमाणमा राजस्व बुझाउने दायित्व निर्वाह गरिरहेको छ। 
विगतमा आएका महाभूकम्प, कोभिड महामारी जस्ता प्राकृतिक विपत्तिहरू र विभिन्न सामाजिक कार्यहरूमा पनि शंकर ग्रुपले सधैँ अगाडि सरेर निरन्तर सहयोग पुर्‍याउँदै आएको छ। देश र नागरिक संकटमा परेका बखत सहयोगको हात बढाउने आफ्नो यो प्रतिबद्धतालाई शंकर ग्रुपले यस पटक पनि कायमै राखेको छ।