रसुवास्थित अपर त्रिशूली–३ बी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १० गते आएको भीषण बाढीपछि ४३ जना सम्पर्कविहीन भएका छन्। बाढीमा परी क्याम्प क्षेत्रको घर बगाएको नभई लेदोले पुरिएको र त्यसैभित्र आयोजनाका कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी तथा उनीहरूका परिवारका सदस्यहरू पुरिएको प्रत्यक्षदर्शी कर्मचारीले बताएका छन्।

बाढीबाट भागेर ज्यान बचाउन सफल कर्मचारीका अनुसार क्याम्प क्षेत्रमा रहेको घर लेदोले पुरिएको हो। घरभित्र आयोजनाका उच्च पदस्थ कर्मचारी, परामर्शदाता, इन्टर्न विद्यार्थी, उनीहरूका परिवार तथा साना बालबालिकासमेत रहेको बताइएको छ।

सम्पर्कविहीन ४३ जनाको  तत्काल खोजी तथा उद्धार गर्न आधुनिक उपकरणसहित उत्खनन कार्य अघि बढाउन सम्बन्धित निकायसँग माग गरिएको छ। पुरिएका व्यक्तिहरूको उद्धारमा अझै सम्भावना रहेकाले ढिलाइ नगरी खोज तथा उद्धार सुरु गर्न माग गरिएको हो।

सम्पर्कविहीन रहेका ४३ जनामा आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी २२ जना, कर्मचारीका परिवारका सदस्य सात जना, परामर्शदाता कम्पनीका कर्मचारी ११ जना र काठमाडौँ विश्वविद्यालयबाट इन्टर्नसिपमा गएका तीन जना विद्यार्थी छन्।

आयोजनाका कर्मचारी तथा सुरक्षाकर्मी

१. इन्दिबर घिमिरे – आयोजना प्रमुख, ६२ वर्ष

२. प्रकाशनिधि तिवारी – उपप्रबन्धक, ५३ वर्ष

३. राजेश शर्मा – सहायक प्रबन्धक, ३४ वर्ष

४. सोमनाथ पौडेल – इन्जिनियर, ३७ वर्ष

५. प्रमिला पाठक – इन्जिनियर, ३२ वर्ष

६. दिपेश श्रेष्ठ – इन्जिनियर, ३७ वर्ष

७. शंकर प्याकुरेल – वातावरणविद्, ३१ वर्ष

८. महेश्वर रिजाल – सहायक प्रशासन अधिकृत, ४१ वर्ष

९. रमला गुरुङ – प्रशासन सहायक, ३२ वर्ष

१०. ईश्वरप्रसाद भट्ट – प्रशासन सहायक, ४२ वर्ष

११. पुष्पराज भट्टराई – सहयोगी, ४२ वर्ष

१२. भगवानदिन चौधरी – सहयोगी, ३९ वर्ष

१३. जितबहादुर चौधरी – चालक, ३६ वर्ष

१४. रामकुमार थारु – चालक, ४६ वर्ष

१५. समुन्द्र आचार्य – चालक, २७ वर्ष

१६. रामशरण वाइबा – सहयोगी, ३७ वर्ष

१७. कृष्णकुमार खड्का – चालक, ४७ वर्ष

१८. विमला गुरुङ – कार्यालय सहायक, ३२ वर्ष

१९. शकुन्तला गुरुङ – कार्यालय सहायक, ४६ वर्ष

२०. चरीमाया गुरुङ – कार्यालय सहायक, ५० वर्ष

२१. प्रजिना तामाङ – कार्यालय सहायक, ३५ वर्ष

२२. जयबहादुर गुरुङ – सुरक्षा गार्ड

कर्मचारीका परिवारका सदस्य

२३. आदित्य पौडेल शर्मा – ३.५ वर्ष

२४. आदिश्री पौडेल शर्मा – ३.५ वर्ष

२५. शिवांश पौडेल – २.५ वर्ष

२६. त्रिशा पौडेल – २.५ वर्ष

२७. कियान्शा अधिकारी – २ वर्ष

२८. गीता अधिकारी – ५० वर्ष

२९. तारा उपाध्याय – ३३ वर्ष

चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनीका कर्मचारी

३०. कमलबहादुर पाण्डे – वरिष्ठ टोली नेता

३१. मनोज के.सी. – ठेक्का इन्जिनियर

३२. सुमेस अमात्य – वरिष्ठ भूगर्भविद्

३३. निरज श्रेष्ठ – वरिष्ठ निर्माण इन्जिनियर

३४. मोनी दाहाल – प्रशासन तथा लेखा अधिकृत

३५. रविन्द्रकुमार यादव – वरिष्ठ विद्युतीय इन्जिनियर

३६. प्रबिन अमात्य – सिभिल इन्जिनियर

३७. प्रतिक भट्ट – ठेक्का तथा योजना इन्जिनियर

३८. हेमन्तराज जोशी – सिभिल इन्जिनियर

३९. महेश नेपाली – चालक

४०. खिलबहादुर बुढाथोकी / पुनम न्यौपाने – भान्से टोली

काठमाडौँ विश्वविद्यालयका इन्टर्न विद्यार्थी

४१. सृष्टि बास्तोला – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २१ वर्ष

४२. समीर पौडेल – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २२ वर्ष

४३. शिशिर गिरी – सिभिल इन्जिनियरिङ चौथो वर्ष, २३ वर्ष