नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले बाढीपीडितका लागि ४ करोड १ लाख सहयोग प्रदान गरेको छ।

हालै रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बैंकले ४ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

बैंकले बाढीमा परी ज्यान गुमाएका नागरिकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

साथै, यस घटनामा परी हालसम्म पनि सम्पर्कमा नआएका व्यक्तिहरुको सकुशल उद्धार एवम् घाइतेहरूको शीघ्र स्वास्थ लाभको कामना गरेको छ।