मोरङको सुनवर्षी नगरपालिका–८ हर्चनगढीमा विषालु सर्पको डसाइबाट १० वर्षीया बालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार जाग्रुदिन मियाँकी छोरी रेहाना खातुनलाई मंगलबार बिहान करिब २ः३० बजेतिर घरमै सुतिरहेका बेला सर्पले दाहिने हातमा डसेको थियो। 

सर्पले डसेर अवस्था गम्भीर बनेसँगै उनलाई परिवारले तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याएका थिए। अस्पतालमा उपचार भइरहेका बेला बिहान ३ः४५ बजेतिर चिकित्सकले रेहानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।