प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
मंगलबार दिउँसो १ बजे सिंहदबारमा बस्ने भनिएको प्रतिनिधिसभाको बैठक विशेष कारणले बैठक स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको हो। सचिवालयका अनुसार बैठक भोली बुधबार दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची थियो।
त्यस्तै, कानुनमन्त्री गौतमले नै ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि राखिएको थियो।












