जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।
शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि शाहसँग भेटेका राणाले आइतबार सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको बताएका छन्।
भेटमा भएको छलफलबारे भने उनले केही खुलाएका छैनन्। राप्रपाबाट अलग भएका राणाको जय नेपाल पार्टीले राजतन्त्रसहितको एजेण्डा अघि सारेको छ।












