कीर्तिपुरमा एक निजी गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

कीर्तीपुर नगरपालिका-१ ट्याङ्लाफाँटस्थित चाँदनीचोकमा एउटा निजी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी दीलिप घिमिरेले जानकारी दिए। 

उनकाअनुसार ​मृतक पुरुष हुन्। जसको सनाखत भएको छैन। मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी भएको हो। अहिले आगो निभाइएको छ।

घटनाबारे थप अनुसन्धान भैरहेको एसएसपी घिमिरे बताए।