नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान गरेका छन्। थाइल्यान्डको राजधानी बैंककमा हुने एफबीआई क्षेत्रीय सम्मेलनमा सहभागी हुन आईजीपी कार्की आइतबार प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
आईजीपी कार्कीको टोलीमा प्रहरी उपरीक्षक (एसपी) धर्मराज भण्डारी पनि बैंकक प्रस्थान गरेको जनाइएको छ। आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर बिदाइ गरेका छन्।




















