प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले बिनु यादव र निहारिका राजपूतलाई गृहमन्त्रीसँग भेट्ने वातावरण बनाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ।
आइतबार सिंहदरबारका बसेको समिति बैठकमा सभापति समिक्षा बास्कोटाले कुनैपनि नागरिकले आफ्ना माग राख्न मन्त्रीलाई भेट्न पाउनुपर्ने बताएकी हुन्। भेट्ने वातावरणका लागि आवश्यक समन्वय गरिदिन गृह मन्त्रालयलाई आग्रह गरिन्।
गृहमन्त्रीसँग आफ्ना समस्या राख्न नपाएको भन्दै घण्टी बजाएर सिंहदरबार गेटमा धर्ना दिन पुगेका निहारिका र बिनुलाई प्रहरीले लछार–पछार गरेर हटाएको थियो।
‘नागरिकता सम्बन्धी विषयमा बिनु यादव र निहारिका राजपूतका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिनेछ। विशेषगरी नागरिकले आफ्ना समस्या मन्त्रीसमक्ष राख्न चाहेको अवस्थामा गृह मन्त्रालयलाई भेटघाटको व्यवस्था मिलाउन अनुरोध गरिएको छ,’ सभापति बास्कोटाले भनिन्।




















