नर्वेको सम्झनालायक फिफा विश्वकप २०२६ अभियान क्वार्टरफाइनलमै समाप्त भएपनि सोमबार टोली स्वदेश फर्किँदा ओस्लोमा खेलाडीहरुको भब्य स्वागत गरिएको छ। ओस्लोभरि एक लाखभन्दा बढी समर्थकहरू आफ्ना खेलाडीहरूको स्वागत गर्न सडकमा उत्रिएका थिए।
क्वार्टरफाइनलमा इंग्ल्यान्डसँग अतिरिक्त समयमा २–१ ले पराजित हुँदै अन्तिम चारमा पुग्ने अवसर गुमाएको नर्वेली टोलीले उपाधि यात्रा टुंगिए पनि स्वदेशमा भव्य स्वागत गरिएको छ।
टोली ओस्लो आइपुग्दा परम्परागत ‘वाटर क्यानन सलामी’ दिइयो। त्यसपछि राजधानी ओस्लोमा खुला बसमार्फत स्वागतका लागि परेड निकालिएको थियो।




















