विराटनगर महानगरपालिका-११ जनपथटोल बस्ने महेश अग्रवालको घरमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर–६ का ४० वर्षीय दिलिप साह, विराटनगर–९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी, विराटनगर–११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३९ वर्षीय पोषण सहनी तथा विराटनगर–१२ का ४२ वर्षीय भरतकुमार राईलाई गएराति जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।

यस्तै, मोरङको ग्रामथान गाउँपालिका–५ का ३३ वर्षीय रञ्जित साह, बुढीगंगा गाउँपालिका–२ का ४६ वर्षीय ओमनाथ ढकाल, कटहरी गाउँपालिका–४ का ४७ वर्षीय रामु कामत तथा उदयपुरको गाईघाटका ४६ वर्षीय लोकचन्द्र कार्की पनि पक्राउ परेका छन्।

प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रुपैयाँ, २२ बुक तास र १४ थान मोबाइल बरामद गरेको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।