फिलिपिन्समा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। १२९ जना घाइते भएका छन्।

७.८ म्याग्निच्युडको भूकम्पपछि ज्यान गुमाउनेको संख्या १५ पुगेको फिलिपिन्सको नागरिक रक्षा कार्यालयले उल्लेख गरेको छ।

मृत्यु भएका मध्ये १२ जना सोक्सार्जेन क्षेत्रका रहेका जानकारी दिएका छन्।

दक्षिणी फिलिपिन्समा गएको शक्तिशाली भूकम्पका कारण दुई दर्जनभन्दा बढी भवनमा क्षति पुगेको छ। तीमध्ये अधिकांश व्यावसायिक भवन तथा प्रतिष्ठान छन्।

अधिकारीहरूले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको मूल्यांकन कार्य जारी रहेको बताएका छन्।