प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भदौ २३ र २४ गतेको मानव अधिकार आयोगका प्रतिवेदन मात्रै नभई विभिन्न कालखण्डमा गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरूको समेत सरकारले अध्ययन गरिरहेको बताएका छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको बताएका हुन्।
प्रधानमन्त्रीले विभिन्न समयमा गठन भएका आयोगहरूले सरकारलाई बुझाएका प्रतिवेदनहरूलाई एकमुष्ट रूपमा अध्ययन गरिने र आवश्यकताअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए।
उनले भने,‘मानव अधिकार आयोगको प्रतिवेदन मात्र नभएर भदौ २३ र २४ गतेको मात्र नभएर विभिन्न कालखण्डमा धेरै आन्दोलनहरू भएका छन्।
दमन पनि भएका छन्। प्रतिवेदन पनि धेरै छन्,एउटा मात्र छैन। विभिन्न आयोगहरू पनि गठन भएका छन् आजसम्म आयोगलाई बुझाएको प्रतिवेदन सरकारले एकमुष्ट रुपमा अध्ययन गर्छ र गर्नुपर्ने काम कारबाही त्यही अनुसार गर्छ।’




















