सरकारले ३१ निकाय खारेज गर्ने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन्।
‘सरकारी संरचना चुस्त बन्नेछ। दरबन्दी कटौती गरिनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘३१ निकाय खारेज हुनेछ, १८ निकायको पुनर्संरचना हुनेछ।’
अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने अर्थमन्त्री वाग्लेको अनुमान छ।















