नेपाली कांग्रेसले बालेन शाह नेतृत्व सरकारसँग जनता निराश हुन थालेको बताएको छ।
आज बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले बहुमतको बलमा सरकारले गरेका हरेक काम र निर्णयका कारण जनता निराश हुन थालेको बताएकी हुन्। उनले सदनलाई पेलेर सञ्चालन गरिएको भन्दै आपत्ति जनाइन्।
विगतमा सरकारले विपक्षी दलसँग छलफल गरेर निष्कर्ष निकाल्ने गरेको भन्दै उनले भनिन्, ‘उहाँहरूसँग दुई तिहाइ मत छ। तर हिजो छलफलमा त हुनुन्थ्यो नि। निर्णय सत्तापक्षकै हुन्छ हामी बुझ्छौं तर छलफल, जवाफ भन्ने नै नहुने हुन भएन। जनताहरू निराश भइसकेका छन्।’




















