पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ। 
वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन्। 
गत चैतमा रु ५८ लाख ५७ हजार ५०० र फागुनमा रु ३१ लाख १० हजार सङ्कलन भएको थियो।