इजरायल–अमेरिका तथा इरानबीचको युद्धका कारण पश्चिम एसियाली देशहरूमा हालसम्म २८ जना नेपाली घाइते भएका छन्।

यूएई, इराक रओमानमा गरेर हालसम्म २८ जना घाइते भएको र तीमध्ये २७ जना उपचारपछि डिस्चार्ज फर्किसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ।द्वन्द्वसम्बन्धी फोटो र भिडियो सामाजिक सञ्जालमा उनीहरूले डर र त्रास फैलाउने सामग्री हालेपछि ११ जना नेपाली पक्राउ परेका छन्।

मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल क्षेत्रीले घाईते भएकामध्ये २७ जना सामान्य उपचारपछि कार्यथलोमा फर्किसकेको बताए। एक जनाको हातमा चोट लागेकाले उपचारकै क्रममा रहेको प्रवक्ता पौडेलले बताए। 

घाईते हुनेमा २५ जना यूएईमा, २ जना इराक र १ जना ओमानमा रहेका छन्। ईरानले पश्चिम एसियामा रहेका यूएई, कतार, ओमान, बहराईन लगायतका देशमा रहेका अमेरिकी सैन्य बेस क्याम्पमा ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दै आएको थियो। ड्रोन तथा क्षेप्यास्त्रका अवशेष लागेर ती नेपालीहरू घाइते भएका थिए।

गत अप्रिल ३ मा यूएईको अबुधावीको अवजान क्षेत्रमा ७ जना घाइते भएका थिए। ड्रोन आक्रमणमा परी मार्च २ मा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठको मृत्युु भएको थियो।