राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवा र पोखरामा आयोजना गर्न लागेको चुनावी सभा स्थगित गरेको छ।
यही फागुन ९ गते भैरहवा र फागुन १० गते पोखरामा गर्न लागिएको चुनावी सभा स्थगित गरिएको पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन्।
उक्त स्थानका सभामा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साले सम्बोधन गर्ने तालिका थियो। विशेष कारणले ती दुवै स्थानको सभा हाललाई स्थगित गरिएको छ। तर के कारणले स्थगित गरिएको हो खुलाइएको छैन।
बुधबार र बिहीबार रास्वपाले धनगढी र सुर्खेतको वीरेन्द्रनगरमा चुनावी सभा गरिसकेको छ। सुर्खेतको चुनावी सभामा सहभागी भएपछि रास्वपा वरिष्ठ नेता साह बिरामी भएर काठमाडौं फर्किएका छन्।




















