नवनियुक्त तीन मन्त्रीहरुले शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, गृह र कानून मन्त्री ओमप्रकाश अर्याल तथा अर्थमन्त्री रामेश्वर खनाललाई शपथ गराएका हुन्।
प्रधानमन्त्री सुशीला कार्कीले घिसिङ, अर्याल र खनाललाई आइतबार साँझ मन्त्रीमा नियुक्त गरेकी थिइन्।
ऊर्जामन्त्रीमा नियुक्त घिसिङ यसअघि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए यस्तै, गृहमन्त्री अर्याल काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहको कानूनी सल्लाहकार थिए। अर्थमन्त्रीमा नियुक्त खनाल पूर्व अर्थसचिव हुन्।