नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भक्त राना मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताएका छन्।
बुधवार अखिल नेपाल चेस सङ्घद्वारा आयोजित भक्त राना स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै उनले गर्दै भक्त राना मगरको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने भन्दै उनलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मरण गर्नुपर्ने बताए।
अध्यक्ष प्रचण्डले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस सङ्घलाई धन्यवाद दिएका छन्।
उनले खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। अध्यक्ष प्रचण्डले प्रतियोगिताको पूर्ण सफलताको शुभकामना दिँदै यो प्रतियोगिता नयाँ उत्साह र आत्मविश्वासका साथ सम्पन्न हुनेछ भन्नेमा विश्वस्त रहेको बताए।