रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ।
रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ।
रुसी वायु रक्षा प्रणालीले तीन बहु–प्रक्षेपण रकेट प्रणाली राउन्डहरू र १७२ ड्रोनहरू खसालेको छ।
यसैबिच, युक्रेनले रुसी रिफाइनरी र बन्दरगाह विरुद्ध आक्रामक कारबाहीको रिपोर्ट गरेको छ। युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आइतबार दिउँसोसम्म फ्रन्टलाइनमा ८५ झडपहरू भएको रिपोर्ट गरेको छ, जसमध्ये ३१ पोकरोभस्कमा भएका छन्।
आइतबार बिहानको एक समन्वित अपरेशनमा, युक्रेनी सेनाले युक्रेनी रक्षा मन्त्रालय अन्तर्गतको मुख्य गुप्तचर निर्देशनालयसँग मिलेर रुसको समारा क्षेत्रमा रहेको तेल रिफाइनरीमाथि आक्रमण गरेको छ । हमलाबाट भएको क्षतिको हद हाल मूल्याङ्कन भइरहेको छ।
आइतबार पनि, उत्तरपश्चिमी रुसको लेनिनग्राद क्षेत्रका गभर्नरले ड्रोन आक्रमणपछि उस्ट–लुगा बन्दरगाहमा आगलागी भएको पुष्टि गरे। आइतबार बिहान बन्दरगाहमाथि दश वटा ड्रोनहरू नष्ट गरिएका थिए र खसालिएका ड्रोनहरूको भग्नावशेषले एउटा डकमा आगो लागेको थियो। यद्यपी, हाल आगो निभाइसकिएको र प्रारम्भिक रिपोर्टहरूले गभर्नरका अनुसार कुनै हताहत नभएको सङ्केत गरेको छ। 
युक्रेनी सेनाले आइतबार पुष्टि गर्‍यो कि यसको सेनाले उस्ट–लुगा बन्दरगाहमा रहेको सुविधालाई लक्षित गरेको थियो, जुन बाल्टिक सागर क्षेत्रको सबैभन्दा ठुलो बन्दरगाह र रुसको दोस्रो ठुलो बन्दरगाह हो।