काठमाडौँको कलङ्की नजिकै कोल्डड्रिक्स बोकेको पिकप भ्यान दुर्घटनामा परेको छ। सोमबार बिहान करिब ६ः ५० मा बा १३ च ६११९ नम्बरको गाडी दुर्घटनामा परेको हो।
कलङ्कीबाट बल्खुतर्फ जाँदै गरेको पिकप भ्यान अनियन्त्रित भई दुर्घटनामा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक गरीले जानकारी दिए।
धादिङ बस्ने २४ वर्षीय चालक गौरव रानामगर सकुशल छन् भने अन्य मानवीय क्षति नभएको प्रहरी प्रवक्ताले जानकारी दिए। उनले घटनाको थप विवरण आउन बाँकी रहेको समेत जानकारी गराए।