तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राविधिक प्रहरी नायव निरीक्षक पदबाट प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षकबाट प्राविधिक प्रहरी नायव निरीक्षक पदमा र प्राविधिक प्रहरी सहायक हवल्दार पदबाट प्राविधिक प्रहरी हवल्दार पदमा पदोन्नति हुनुभएका प्रहरी कर्मचारीहरूलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ।
साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नति हुनु हुने प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढङ्गले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ।
उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ.हरि डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।