अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर नीतिमा कडाइ गरेपछि त्यसको असर देखिन थालेको छ। युरोपेली मुलुकहरूले ट्रम्प नीतिको आलोचना समेत गरिरहेका छन्।
अगस्ट १ देखि क्यानेडियाली सामानहरूमा अमेरिकाले ३५ प्रतिशत कर लगाउने निर्णय गरेपछि त्यसको जवाफ दिने क्यानडाले चेतावनी दिएको छ।
उद्योग मन्त्री मेलानी जोलीले क्यानडाले आफ्नो ‘आर्थिक कूटनीति’लाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको सुनाइन्।
युरोपेली समृद्धि तथा औद्योगिक रणनीति आयोगका कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नसँगको संयुक्त कार्यक्रममा जोलीले क्यानडाले आर्थिक कूटनीतिलाई प्रवर्द्धन गर्ने, अमेरिकामाथि दबाब बढाउने छ। त्यस्तै देशमा रोजगारीको सुरक्षा र सिर्जना गर्ने कुरा उल्लेख गरिएको छ।
ट्रम्पले बिहीबार ३५ प्रतिशतको भन्सार शुल्कको घोषणा गरेका थिए। त्यस्तै युरोपेली सङ्घ र मेक्सिकोमा ३० प्रतिशत कर लगाउने घोषणा गरेका थिए। तर मेक्सिकनहरूले पनि अमेरिकाले घोषणा गरेको करको आलोचना गर्दै त्यसलाई गलत र निष्फल हुने प्रतिक्रिया दिएका छन्।
ट्रम्पले गत हप्ता क्यानडा, दक्षिण कोरिया, जापान र ब्राजिललगायत अन्य व्यापारिक साझेदारहरूलाई पत्र पठाउँदै २० प्रतिशतदेखि ५० प्रतिशतसम्मको ट्यारिफ दरहरू घोषणा गरेका थिए ।