काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै छ।

आज बिहान बसेको कार्यपालिका बैठकले महानगरको आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ। कार्यपालिकाले पारित गरेको बजेट आजै दिउँसो २ बजे बस्ने नगरसभा बैठकमा पेस हुनेछ।

नगर सभामा पेस हुनुपूर्व कार्यपालिकाबाट बजेट पास गराउनु पर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम महानगरको कार्यपालिकाले बजेट पास गरेको हो।

गत शुक्रबार महानगरको स्रोत तथा अनुमान समितिले आगामी आर्थिक वर्षका लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको थियो। सोही सिमा रहेर बजेट आएको कार्यपालिका स्रोतले जानकारी दिएको छ।

शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो।