रसुवास्थित नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा थुप्रै सवारीसाधन बगेका छन्। 

बाढीले बगाएका सवारीसाधनमा अधिकांश व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी छन्।

भन्सार जाँचपास गर्न बाँकी गाडीहरू भन्सार यार्डमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बगेका हुन्। नबगेका गाडी पनि हिलोमा डुबेका छन्। बचेका ईभी गाडी पनि बिजोग अवस्थामा छन्।