काठमाडौँ महानगरपालिकाको नगर सभा यही असार २९ गते बोलाइएको छ।
शुक्रवार ६ महिनापछि बसेको कार्यपालिका बैठकमा मेयर बालेन साहले एउटा मात्र एजेण्डा प्रस्तुत गरेर बैठक सकिएको हो। 
मेयर साहले २९ गते बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र नगरसभा अधिवेशन दिउँसो २ बजे बोलाउने घोषणा गरे।
बैठकका लागि २४ वटा एजेण्डा गएपनि नगरसभासम्बन्धी एउटा मात्र विषय भएको उनले बताए। 
उनले भने,‘एजेण्डामा २४ वटा गएको भएतापनि आज एउटा मात्र एजेण्डा राख्ने कुरा भएको छ। काठमाडौँ महानगरपालिकाको १७ औँ नगर सभा यही असार २९ गते दिउँसो २ बजे र बिहान ९ बजे कार्यपालिका बैठक बस्ने प्रस्ताव पेस गर्न चाहन्छु।’