आज विश्व जनसङ्ख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै छ।
विश्व जनसङ्ख्या दिवस प्रत्येक वर्ष जुलाई ११ मा मनाउने गरिन्छ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो।
विश्व जनसङ्ख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानी प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लगायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु सङ्कटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख छ।
यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ।