संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा आफू दोषी ठहर भए कारबाहीको भागेदार हुन तयार रहेको बताएका छन्। 
मंगलरबार सभामुखसँग छलफलपछि बाहिरिने क्रममा उनले यत्रो ठुलो गल्ती कानुन बनाउने कुरामा कहीँ नहुने भन्दै यो संसदमाथिको ठुलो गम्भीर प्रहार भएको बताए। 
उनले भने, ‘संसदमाथिको ठुलो गम्भीर प्रहार हो। यत्रो ठुलो मिस्टेक कानुन बनाउने कुरामा कहीँ हुँदैन। यसबारे छानबिन गर्नुपर्छ भन्ने पक्षमा छौँ। जनप्रतिनिधिको बदनाम गर्ने काम भएको छ। कहाँ कमजोरी भएको हो, छानबिन गर्छौँ। यदि छानबिन गर्दा मेरो पनि दोष देखियो भने कारबाहीको दायरामा आउँछु। जसको कमजोरी देखिन्छ, त्यसले कारबाही भोग्नुपर्छ, उम्किन पाइन्न।’
मङ्गलवार समिति बैठकमा माओवादी सांसदद्वय माधव सापकोटा र कल्पना मियाँले समितिले पास गरेको प्रतिवेदनमा ‘बाहेक’ शब्द कसरी थपियो भन्ने विषयमा जवाफ माग गरेका थिए। पछि खतिवडाले भएको कमजोरीको नैतिक जिम्मेवारी लिने बताएका हुन्।
जबसम्म यस विषयमा छानबिन हुँदैन तबसम्म समितिको बैठक स्थगित गरेको पनि उनले जानकारी दिए।